वार्षिक प्रगती प्रतिवेदन (गरीबी निवारण कोष कार्यक्रम), आ.व. २०७२/२०७३

लिखु देम्वा सामुदायिक विकास मञ्च LDCDF

खिजिफलाटे, ओखलढुङ्गा

  • उत्तम सुनुवार -कार्यक्रम संयोजक

 

  • संस्थाको परिचय ( Introdution of Organization )
  • ओखलढुङ्गा जिल्लाको सदरमुकाम देखि पश्चिममा १३(१९ कोष टाढा पर्ने अति विकट मानिएको ईलाका नं. ६ को ६ वटा गा.वि.स.लाई कार्यक्षेत्र वनाएर २०५२ सालबाट यू..एम.एन., ग्रामिण विकास विभागद्धारा ग्रामिण विकास परियोजना संचालन गरेको थियो । यस परियोजनाले आफ्नो ५ वर्षको कार्यकालमा विपन्न ,उपेक्षित तथा महिलाहरुलाई विशेष प्राथमिकता दिदै विभिन्न समुहहरुको गठन गरी कार्यक्रमलाई अगाडि वढाएको थियो । तीनै समुहहरुलाई निरन्तरता दिनका लागि यस परियोजनाले सहयोगी हातहरुको समुह (सहास) नेपाल संस्था मार्फत यस क्षेत्रमा रहेका समूहहरुको स्थायित्वका लागि संस्थागत क्षमता विकास गर्ने मुख्य उदेश्य राखी सशक्तिकरणका लागि श्रोतको आत्मनिर्भरता (राइस) परियोजना संचालन भयो । यसै परियोजना अन्तर्गत समुहका व्यक्तिहरु सकृय भई आफ्नो विकास आफै गर्नु पर्छ भन्ने मान्यतावाट प्रेरित भएर ६ वटा गा.वि.स.मा ७६ वटा समुहद्वारा  प्रत्येक गा.वि.स.मा एक सामुदायिक विकास मुल समिति स्थापना भई प्रेत्यक समुहको २÷२ जना प्रतिनिधि भई हरेक सामुदायिक विकास मुल समितिमबाट  २÷२ जना प्रतिनिधित्व भई १२ जना र १ जना मनोनित गरी १३ जनाको समिति गठन भई २०५७ साल भाद्र ८ गते यस संस्थाको विधिवत रुपसमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भई स्थापना भएको हो । यस अन्र्तगत (रगनी, खिजीचण्डेश्वरी, खिजीफलाटे, खिजीकाती, रावादोलु भूसिंगा) गाबिसहरुमा संस्थाले आफ्नो समुदायमा आधारित अन्तरिक तथा वहय श्रोत साधनको अधिकतम प्रयोग गर्दै एवम् नेपाल सरकार र विभिन्न दातृ निकायको अनुदान सहयोग लिदै सामाजिक, आर्थिक , भौतिक, सास्कृतिक,कृषि वन र वातावरणीय विकास गरी समुदायको दिगो विकासका लागि प्रेयत्नसील गरिहेको छ । यसै क्रममा लिखु देम्बा सामुदायिक विकास मञ्चले २०६६साल बाट विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकार मार्फत गरीवी निवारण कोष कार्यक्रम यस संस्थाले आ.वा ०६६÷०६७ देखि निरन्तर  ६ वटा गा.वि.स.हरुमा  गरीवी न्युनिकरणका लागि समुदाय सहयोग कार्यक्रम  परियोजनामा सामाजिक परिचालन ,संस्थागत क्षमता विकास , आर्यआर्जन तथा ग्रामिण भौतिक निर्माण कार्यक्रमहरु संचालन भई राखेको छ ।                 

 . गरीवी निवारण कोष कार्यक्रमहरुको क्रियाकलाप तथा गतिविधिहरु

  • सामाजिक परिचालन गरीवी निवारण कोष लिखुदेम्वा सामुदायिक विकास मञ्चको सहयोगमा संचालित गरीवी निवारण कोष कार्यक्रम ओखलढुङ्गा जिल्लाका दुर्गम इलाका नं. का वटा गा.वि..हरुमा १०० वटा सामुदायिक संस्थाहरु मार्फत विगत .. २०६६÷०६७ देखि निरन्तर रुपमा विभिन्न क्रियाकलापहरु संचालन गर्दै आईरहको गरीव,दलित,जनजाति विपद जोखिममा परेका महिला तथा अति गरीवहरुलाई सहभागितात्मक रुपमा एकिकृत गराउदै सकरात्मक विकासको भावनामा जागृत भई दिगो विकासका लागि सामाजिक परिचालन अपरिहार्य रहेको कुनै एक निश्चित भौगोलिक क्षेत्र भित्र वसोवास गर्ने अति गरीव, विपन्न सामाजिक रुपमा पिछाडि पारिएका वर्गको सामाजिक, सास्कृतिक साथै आर्थिक हिसावले दिगो रुपमा उत्थान गरी सशक्त वनाई संचालन गरिने   

प्रभावकारी सहभागित्तात्मक प्रकृया नै सामाजिक परिचालन हो । उद्योग, कलकारखाना स्थापना गर्नु , बाटोघाटो , सडक , पुल ,भवन, विजुली बक्ती ,पिउने पानी, धारा, इनार, सिंचाई,पाटी,पौवा,मन्दिर,गुम्वा,गिर्जाघर,मस्जित,चौतारा जस्तो आदि निर्माण तथा सुधार गरी व्यवस्थीत गर्नु सामाजिक परिचालन तथा भौतिक निमार्णका उदाहरणहरु हुन् । त्यसैले अति गरीव तथा विपन्न वर्गहरुको लागि घुम्ती कोष अनुदान प्रदान गर्ने छ । उनीहरुको आयआर्जन, क्षमता अभिवृद्धि, सामाजिक परिचालन र ग्रामिण तथा भौतिक पुर्वाधार विकास गर्ने छ । सम्वन्धित निकायले पु¥याउने सेवा सुविधाको विस्तार गरी त्यस्ता विषयगत क्षेत्रमा अति गरीवहरुको पहुँच पु¥याउने गर्दछ । समुदायमा सम्वेदनशिल र जगरुक गराई ग्रामिण भेगका जनतालाई सामुदायिक संस्थामा आवद्ध गर्नु र उनीहरुका क्षमताको विकास गरी आयआर्जन तथा भौतिक निर्माण उप परियोजनामा उनीहरुले स्वंयमले नै कार्यक्रमको कार्य योजना तर्जुमा र कार्यान्वयन र अनुगमन गर्न सक्ने वनाउनु नै यस परियोजनाको सामाजिक परिचालन उदेश्य हो । सामाजिक परिचालनको माध्येमबाट यस सहयोगी संस्थाले ओखलढुङ्गा जिल्लाका ६ गा.वि.स. हरुका वडा तथा वस्तीहरुमा सामुदायिक संस्थाहरुको गठन गरिएको छ । सहयोगी संस्था तथा गरीवी निवारण कोष कार्यक्रमका परियोजनाहरु संचालन भैरहेएका छन । यस आार्थिक बष ०७२।०७३ मा लिखु देम्बा सामुदायिक विकास मञ्चले खिजी फलाटे गा.वि.स.को वार्ड न ९ र ३ मा  नयाँ १० वटा सामुदायिक संस्थाहरु गठन भएको छ । जसलाई विष्तृत रुपमा तल उल्लेख गरिएको छ ।